सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर
SASA INFOSYS

बनेपा १४ भाद्र ।

स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताए अनुसार गत साताको शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको हो । जसअनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ । 

आज पनि तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० कारोबार भइरहेको छ । यता आइतबार प्रतितोला १० ले उकालो लागेको चाँदीको मूल्य आज स्थिर छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० कायम भएको महासङ्घले जनाएको छ ।