गरिब अशाहाय बिपन्न बर्ग र बनेपा नगरभित्र रहेका बालबालिकालाई लक्षित गरि कपडा संकलन तथा वितरण

गरिब अशाहाय बिपन्न बर्ग र बनेपा नगरभित्र रहेका बालबालिकालाई लक्षित गरि कपडा संकलन तथा वितरण
SASA INFOSYS

बनेपा २६ कार्तिक ।

गरिब, अशाहाय, बिपन्न बर्ग र बनेपा नगरभित्र रहेका अनाथ बालबालिकालाई लक्षित गरि "मानवताको सेवा नै ईश्वर सेवा हो" भन्ने मूल नाराका साथ स्थापना भएको यस SEWA (Service Endeavoring Welfare Association) नामक संस्थाले बढ्दै गएको चिसो मौसमलाई लक्षित गरी न्यानो लत्ताकपडा वितरण कार्यक्रमको सम्पन्न भएको छ । यस कार्यक्रमका लागि यसै संस्थामा आवद्ध भएका युवाहरुको सहायताबाट कपडा संकलन गरिएको थियो। यसरी संकलित कपडा बनेपा नगरपालिका अगाडि रहेको कपडा बैंकमा जम्मा गरी वितरणको लागि राखिएको छ। "हुनेले दिनुहोला, नहुनेले लैजानुहोस्" भन्ने अभिप्रायका साथ यस सामाजिक संस्थाले कपडा वितरण कार्यक्रम सञ्चालन गरेको थियो। यस संस्थामा आवद्ध सदस्यहरू र अन्य जुझारु युवाहरुको उपस्थितिमा यो कार्यक्रम  सम्पन्न भएको हो ।