रोजिना बचत तथा ऋण सहकारी संस्थाको चौधौँ वार्षिक साधरणसभा सम्पन्न

रोजिना बचत तथा ऋण सहकारी संस्थाको चौधौँ वार्षिक साधरणसभा सम्पन्न
SASA INFOSYS

बनेपा ०१ पुष ।

आज मिति २०७९ पौष १ गते बनेपा ८ मा अवस्थित रोजिना बचत तथा ऋण सहकारी संस्था लि. को चौधौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ। यस संस्थाको अध्यक्षको अध्यक्षतामा सहकारीकर्मी विकास श्रेष्ठलाई अतिथिको रुपमा आमन्त्रित गरी यस संस्थाले साधारण सभाको आयोजना गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

संस्थाले आफ्नो सेवाको १३औ वर्ष पूरा गरी १४औ वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ताको पुरस्कार विदुर प्रसाद ढकाललाई प्रदान गरिएको छ । त्यसै गरी उत्कृष्ट कर्मचारी पुरस्कारबाट मिना थापा र उत्कृष्ट बजार प्रतिनिधिको रुपमा लक्ष्मी घिसिङ सम्मानित हुनुभएको छ। साधारणसभामा उपस्थित सम्पूर्णलाई पारवहन खर्चको समेत व्यवस्था संस्थाले गरेको थियो । "तपाईको सुख दुःखको सहारा, एक मात्र साकोस रोजिना" भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले बनेपा लगायत आसपासका नगर क्षेत्रमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा संस्थाले आगामी दिनमा सदस्यहरुलाई अझै सबल, सहज र सुदृढ वित्तीय सेवा सुविधा उपलब्ध गराउने र विभिन्न सामाजिक कार्यमा समेत संस्थाको भुमिका रहने कुरा यस संस्थाको अध्यक्षले बताउनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक बिशाल रानाभाटले गर्नुभएको थियो ।