काभ्रेमा पहिलो पटक प्रिन्टर तथा फोटोकपी मेसिन एक्सचेन्ज तथा फ्री सर्भिस क्याम्प
बनेपा १२ फागुन ।
काभ्रे जिल्लामा पहिलो पटक प्रिन्टर तथा फोटोकपी मेसिन एक्सचेन्ज तथा फ्री सर्भिस क्याम्प हुने भएको छ। नेपालको लागि नं १ ब्रदर कम्पनीको सहकार्यमा बनेपा, चादनिचोक स्थित अग्शा कम्प्युटरले ब्रदर प्रिन्टर को लागी फ्री सर्भिस क्याम्प सञ्चालन गर्ने भएको हो । पुराना जुनसुकै प्रिन्टर सँग नयाँ प्रिन्टर साट्ने , ब्रदर प्रिन्टरका विशेषज्ञ प्राविधिकहरूले प्रिन्टर र फोटोकपी मेसिनको लागि निःशुल्क निरीक्षण र उत्कृष्ट मर्मत सेवाहरू प्रदान गर्ने बताइएको छ ।
प्रिन्टर एक्सचेन्ज जुनसुकै ब्रान्ड भए पनि ब्रदर प्रिन्टर सँग साट्न सकिने र फ्री सर्भिस क्याम्प ब्रदर प्रिन्टर को लागि हुने अग्शा कम्प्युटरका सञ्चालक अग्नि श्रेष्ठले जानकारि दिए । उनले फ्री सर्भिस क्याम्प को फाइदा उठाउन आग्रह समेत गरेका छन् । सर्भिस क्याम्प २०७९ फागुन १८ र १९ गते कार्यालयको प्राङ्गणमा बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सञ्चालन हुनेछ ।

