गायिका प्रतिभा सापकोटाको "तिज भयो क्यार ठिस" बजारमा

गायिका प्रतिभा सापकोटाको "तिज भयो क्यार ठिस" बजारमा
SASA INFOSYS

गत बर्षझै यस बर्षपनि तिज भन्दा निकै पहिले तिजका भाका बजारमा आइसके र अनेक चर्चा परिचर्चा शुरु भैसके । यसबर्ष तिजका भाकाको भिडमा एउटा फरक प्रयोग सहित गायिका प्रतिभा सापकोटाको "तिज भयो क्यार ठिस" बजारमा आएको छ । केहि फरक पन र प्रयोग सहित बजारमा आएको यस तिज गितको यति बेला नेपालि संगित बजारमा चर्चा शुरु भएको छ ।

यस्मा प्रयोग भएका शब्द र फरक संगितले फरक स्वादको संगित मन पराउने नेपालिको ध्यान तान्न सफल भएको छ । तिज गितलाइ केहि बिशेष बनाउने प्रयासलाइ नेपालि श्रोता दर्शकले रुचाएको गायिका प्रतिभा सापकोटाले बताइन । उक्त गितमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानूको स्वर रहेको छ भने मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको छ ।

गितको भिडियो टीका सानुको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । साथै यो गित यतिबेला टिकटक प्रयोगकर्ता बिच लोकप्रीय बन्दै गएको छ । गितको म्युजिक भिडियोलाइ आकर्षक बनाउन निर्देशक गौरब गिरिले भर मज्दुर प्रयास गरेका छन, जस्कारण पनि भिडियो धेरैको रोजाइमा परेको छ ।

दर्शक श्रोताको माया पाए संगै यस गितबाट आफु अत्यन्त उत्साहित भएको गायिका सापकोटाले बताइन ।

गायिका प्रतिभा सापकोटाको "तिज भयो क्यार ठिस" को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस