कोरोनाविरुद्धको खोप उपलब्ध गराउन निर्माता संघको माग

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन निर्माता संघको माग
SASA INFOSYS

बनेपा २ असार ।

चलचित्र निर्माता संघले फिल्मकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग माग गरेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई ज्ञापन–पत्र बुझाउँदै करिब ५ हजार फिल्मकर्मीलाई खोप उपलब्ध गराउन माग गर्नुभएको हो ।

खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै अग्रपंक्तिमा खटिएर कोरोना महामारी रोकथा तथा नियन्त्रणका लागि फिल्मकर्मीले अझै गहन भूमिका खेल्नसक्ने निर्माता संघका अध्यक्ष अधिकारीको भनाइ छ ।

त्यसोत यस अगावै चलचित्र विकास बोर्डले पनि करिब तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्नुभएको थियो ।