रोजिना साकोसको १५औं साधारणसभा सम्पन्न 

रोजिना साकोसको १५औं साधारणसभा सम्पन्न 
SASA INFOSYS

पुस २१ बनेपा ।

बनेपा बसपार्कमा अवस्तित श्री रोजिना बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा मिति २०८०/०९/२० गते संस्थाको कार्यालयमा सम्पन्न भएको छ | साधारणसभा कार्यक्रम संस्थाका अध्यक्ष श्री विनोदकुमार रानाभाटको अध्यक्षता तथा श्री बिबेक प्रसाद हुमागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो | प्रमुख अतिथि हुमागाईंले पानसमा बत्ति बालेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो | संस्थाको कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो | कार्यक्रममा उत्कृष्ट कर्मचारी मिना थापा तथा उत्कृष्ट बजार प्रतिनिधि सबिना गोलेलाइ पुरस्कृत गरिएको थियो |  कार्यक्रममा संस्थाका सेयर सदस्य ,सहकारीकर्मी ,कर्मचारी तथा ब्यबसायी हरुको उपस्तित थियो |

यो बर्षको साधारणसभा चुनाबी साधारणसभा भएकाले सेयर सदस्यबाट नयाँ संचालक समिति  चयन गरेको थियो |  नयाँ संचालक समितिको अध्यक्षमा सरु रानाभाट  उपाध्यक्षमा निजुला आचार्य  सचिबमा राकेश चौलागाई  कोषाध्यक्षमा सुशिला घर्ती  सदस्यमा  बिपिषा रानाभाट कार्की ,अनुप रानाभाट ,गणेश घिमिरे गरि ७ सदस्य नयाँ संचालक समिति चयन भएको थियो |प्रमुख अतिथि हुमागाईंले नयाँ संचालक समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो |

संस्थाका प्रवन्धक बिशाल रानाभाटले अहिले सहकारी क्षेत्रमा समस्या देखिएको र यसको समाधानका लागि सहकारीले सदस्य केन्द्रित भएर सेवा दिनु पर्ने र सदस्य केन्द्रित भएर काम गरेका सहकारी मा कम समस्या भएको बताउनुभएको थियो | नयाँ संचालक समिति लाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिदै संस्थाको साधारणसभा सम्पन्न गरिएको थियो |