कोरोनाविरुद्धको खोप रामदेवले पनि लगाउने

कोरोनाविरुद्धको खोप रामदेवले पनि लगाउने
SASA INFOSYS

बनेपा २८ जेठ ।

 एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गर्नुभएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गर्नुभएको हो ।

यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिनुभएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले बिहीबार यस्तो घोषणा गरेका हुन् । उनले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएको पीटीआईले जनाएको छ ।