नमोबुद्धका ५५ जना किसानलाई भैसी अनुदान वितरण लागि २१ लाख ३३ हजार बजेट

नमोबुद्धका ५५ जना किसानलाई  भैसी अनुदान वितरण लागि २१ लाख ३३ हजार बजेट
SASA INFOSYS

बनेपा २८ जेठ ।

नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले  व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न भैसी वितरण कार्य सुरु गरेको हो ।

नगरपालिकाले आज (शुक्रबार) वडा नम्बर १० बाट किसानलाई भैसी वितरण कार्यको सुरुवात गरेको हो। आज आयोजित कार्यक्रममा वडा नम्बर १० का ५५ जना पशुपालक किसानलाई थोरे भैसी वितरण गरिएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो ।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले चुनावी प्रतिवद्धतालाई कार्यान्वयन गर्दै जाने क्रममा कृषि र पशुपालनमा नगरका किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो ।

वडा नम्बर १० को कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ९ का वडाअध्यक्ष एवं नगरपालिकाका कृषि समिति संयोजक मेलवहादुर लामा, वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, नगरपालिकाको पशु विकास शाखाका प्रमुख चिरञ्जिवी शर्मा लगायतले किसानलाई भैसी वितरण गर्दै अभियानको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यस बर्षबाट सुरु भएको भैसी वितरण कार्यक्रमलाई आगमी आर्थिक बर्षमा पनि निरन्तरता दिने बताउनुभयो। उहाँले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको पनि जानकारी दिनुभयो। अनुदानमा वितरण गरिएको सबै भैसीको बिमासमेत गरिएको उहँले जानकारीभयो ।

यस्तै वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामाले नगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतदेखि नै कार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप यस बर्षदेखि उन्नत जातका भैसी वितरण गर्न थालिएको बताउनुभयो। नगरमा कृषि र पशुपालन क्षेत्रको विकासका लागि थय कार्ययोजनासमेत बनाइएको उहाँले बताउनुभयो। वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि कार्यक्रममा गर्नुभयो। अधिकारीका अनुसार वडा समितिले एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा भैसी वितरण गरेको छ । छुट भएका किसानका लागि आगामी बर्षको कार्यक्रममा समेटिने अधिकारीले बताउनुभयो। उहाँका अनुसार वडा कार्यालयमा आवेदन दिएका मध्ये छनोटमा परी अनुदानमा भैसी प्राप्त गर्ने किसानले २० प्रतिशत रकम लगानी गर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले ब्योहोरेको छ । यसमा बिमाको रकमसमेत समावेश हुने अधिकारीले जानकारी दिनुभयो ।

नमोबुद्धका ५५ जना किसानलाई  भैसी अनुदान गर्दा को  केहि तस्विर