जबरजस्ती करणी मुद्दाका फरार बुद्धलाल तामाङ पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार बुद्धलाल तामाङ पक्राउ
SASA INFOSYS

बनेपा ११ फागुन । 

काभ्रे जिल्लामा जबरजस्ती करणी कसूरमा वारदात पश्चात फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष ३६ को बुद्धलाल तामाङ रहेका छन् ।

भारत देशबाट आफ्नो घरमा आई लुकीछिपी बसी रहेको प्रहरीलाई सूचना प्राप्त भएपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तामाङलाई कानून बमोजिम पक्राउ गरी काभ्रे जिल्ला अदालतमा मंगलबार पेश गरिएकोमा अदालतको थुनछेक आदेशमा आजै पुर्पक्षका निमित्त थुनामा राख्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।