रोजिना बचत तथा ऋण सहकारी संस्था र सुप्रिम डेन्टल बिच सम्झैता
बनेपा ०६ पुष ।
रोजिना बचत तथा ऋण सहकारी संस्था लि. र सुप्रिम डेन्टल केयर प्रा. लि बनेपा बीच २०७९ पौष ३ गते बाट लागु हुनेगरी औषधि खरिद, दन्त सेवा र दन्त विशेषज्ञ सेवामा छुट हुनेगरी दुई पक्षिय सम्झौता भएको छ ।
सुप्रिम डेन्टल केयर प्रा. लि का प्रबन्धक भीम प्रसाद बञ्जारा र रोजिना बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक बिशाल रानाभाटले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौताको सुरुवात गर्नुभएको थियो । सम्झौतामा रोजिना बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भई शेयर सदस्यता कायम भएका सदस्यहरू, सञ्चालक समिति, कर्मचारी, फरक क्षमता भएका र जेष्ठ नागरिक सदस्यमा औषधि खरिदमा ५ देखि १० प्रतिशत सम्म छुट, दन्त सेवामा २० प्रतिशत सम्म छुट र दन्त विषेशज्ञ सेवामा १० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ।
रोजिना बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको छुट प्राप्त गर्नको लागि अनिवार्य रुपमा संस्थामा आबद्ध भएको प्रमाण खुल्ने परिचय पत्र पेश गर्नुपर्नेछ । सुप्रिम डेन्टल केयर प्रा. लि ले उपलब्ध गराउने दन्त सेवा प्राप्तगर्न यस संस्थाको सम्पुर्ण शेयर सदस्यहरुलाई रोजिना बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा सम्पर्क गरी समनय गर्नु पर्दछ ।
रोजिना बचत तथा ऋण सहकारी संस्था लि. र सुप्रिम डेन्टल केयर प्रा.लि बिच सम्झौता हुँदाको तस्विर


