बिजय जुलुसको पहिलो पाइला यही घरबाट सुरु गर्नु पर्छ

बिजय जुलुसको पहिलो पाइला यही घरबाट सुरु गर्नु पर्छ
तस्विर नवराज ढकाल
SASA INFOSYS

नवराज ढकाल 

नेकपा एमाले वडा नं ३ को चुनावी घरदैलो अभियानका क्रममा चौतारा निवासी ८० बर्षिय भगवती बजगाइले बनेपा नगरपालिका वडा नं ३ को तर्फबाट वडा अध्यक्षको उम्मेद्बारी दिनुभएको गोबिन्द दाहाललाई आशीर्वाद दिदै भन्नुभयो  "बाबू बिजय उत्सवको दिन मेरै हातबाट अबिर जात्रा गरेर बिजय जुलुसको पहिलो पाइला यही घरबाट सुरु गर्नुपर्छ " जितको अग्रिम शुभकामना ।"
आज वडामा ३ नं को तर्फबाट उम्मेद्बारी दिनुभएका अध्यक्ष / सदस्य ज्यूहरुले आफ्नो मतदाताहरुको घर घरमा गइ मतको आग्रह गर्नुभएको थियो । यस अभियानको क्रममा युवा युवती तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको र महिलाहरुको लागी हेर्ने पाटी भनेको एमाले मात्र रहेको अध्यक्षका उमेदवार गोबिन्द दाहालले बताउनुभयो ।
यो पटक नगरमा उप-प्रमुखको रुपमा गठबन्धनले पुरुषलाई नै अघि सारी कानुन माथि टेकेर महिलाको हकहित हडपेको पनि आरोप लगाउनु भयो । महिला, बालबालिका,असक्तहरुको समेत हितको लागि काम गर्ने पाटी एमाले भएकोले ढुक्क भएर सुर्य चुनाव चिन्हमा भोट हाल्न वडा बासिलाई आग्रह गर्नुभयो ।