इम्प्रेसन नेपाल काभ्रे शाखा को अध्यक्षमा विकास र सचिवमा मणिराम
बनेपा ९ फागुन ।
आइसिटी, मिडिया र प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन नेपाल) काभ्रे शाखा गठन गरिएको छ । इम्प्रेसन नेपाल काभ्रेको अध्यक्षमा विकास तिमल्सिना र सचिवमा मणिराम दाहाल चयन भएका छन् । इम्प्रेसन नेपालका केन्द्रिय सचिव रामकृष्ण बञ्जारा, केन्द्रिय आइसिटी कमिटी सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज नवराज भुर्तेल, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतको उपस्थितीमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । इम्प्रेसन नेपाल नेकपा एमाले निकट संस्था हो । सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरत व्यक्तिहरुको संस्था इम्प्रेसन नेपाल काभ्रे शाखाले सदस्यता विस्तारसँगै उनीहरुको हक हितका लागि आवाज उठाउने अध्यक्ष विकास तिमल्सिनाले बताएका छन् । केहिदिनमा नै जिल्ला कमिटीलाई पुर्णता दिइने सचिव मणिराम दाहालले जानकारी दिए । नेकपा एमालेले सुरु गरेको डिजिटल नेपालको अभियानमा सहयोग पुर्याउनका लागि इम्प्रेसन नेपालको भुमिका महत्वपुर्ण मानिएको छ ।

