मन्त्रीले सिंहदरबारबाट घरबेटीलाई गाडीमा लिएर गए

मन्त्रीले सिंहदरबारबाट घरबेटीलाई गाडीमा लिएर गए
SASA INFOSYS

बनेपा ९ असार ।

सञ्चारकर्मी रूपा सुनारलाई जातकै आधारमा घर भाडा नदिने घरबेटीलाई लिन मन्त्री सिंहदरबारको प्रहरी वृत्तमा पुगेका छन् । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपालले घरबेटी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिएर जानुभएको हो । 

रुपाले आफूलाई जातका आधारमा कोठा नदिएको भन्दै प्रहरीमा उजुरी गरे पछि बबरमहलकी घरबेटी प्रधानलाई सिंहदरबारको प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । 

तर, मन्त्री र प्रधानको जात र निकट सम्बन्धका कारण तीन दिन घरबेटी प्रधान हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार जमानीमा उनलाई छाडेको भनिएको छ । उहाँलाई श्रीमान् मुकुन्द प्रधानको रोहबरमा जमानीमा छाडिएको छ । 

बुधबार प्रधान सिंहदरबारबाट हिरासतमुक्त हुँदै गर्दा बाहिर भीडले सिठी बजाउँदै, ‘रुपा सुनार-मुर्दावाद !’ भन्ने नारा लगाएका थिए ।

त्यसपछि भीडबाटै प्रधानलाई मन्त्री श्रेष्ठले प्रहरी चौकीबाट निस्केका घरबेटी प्रधानलाई आफ्नै गाडीमा राखेर बाहिरिएका थिए । तर, भीडले भने उहीँ नारा लगाइरेको थियो ।