उपत्यकामा भोलिदेखि सार्वजनिक सवारी जोर-बिजोरमा चल्न पाउने

उपत्यकामा भोलिदेखि सार्वजनिक सवारी जोर-बिजोरमा चल्न पाउने
SASA INFOSYS

बनेपा १४ असार ।

भोलि (मंगलबार) देखि कामठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलिका अनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने छ ।

निषेधाज्ञा भने एक साता थपिएको छ । उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको उहाँले बताउनुभयो ।